
काठमाडौं — फ्रान्सको राजधानी पेरिसमा बिहीवार एक आतंकवादीले छुरी प्रहार गर्दा दुईजनाको ज्यान गएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
पेरिस नजिकैको ट्राप्पेसमा भएको यो घटनामा प्रहरीले छुरी प्रहार गर्ने व्यक्तिलाई गोली हानेर मारेको छ ।
उक्त व्यक्तिले प्रहरी अधिकारीहरूलाई पनि धम्की दिएको थियो । स्रोतहरूका अनुसार, ३० वर्ष उमेरको देखिने व्यक्तिले भन्यो, ‘अल्लाहु अकबर, तिमीहरू यता आयौ भने गोलीले उडाइदिन्छु ।’
एउटा घरभित्र मानिसहरूलाई चक्कु हानेपछि उसले यसो भनी कराएको थियो ।
प्रहरीले स्थानीयहरूलाई उक्त क्षेत्रतिर नजान भनेको छ ।
केही स्रोतका अनुसार, प्रहरीलाई उक्त व्यक्तिको आपराधिक पृष्ठभूमिका बारेमा पहिल्यै जानकारी थियो ।
एजेन्सी