३१ जेठ २०८३, आइतबार

कञ्चनपुरका सीडीओ, एसपी र डीएसपी जिम्मेवारीमुक्त, छानबिन समिति गठन

कञ्चनपुरका सीडीओ, एसपी र डीएसपी जिम्मेवारीमुक्त, छानबिन समिति गठन

काठमाडौं – बालिका निर्मला पन्त बलात्कार र हत्या घटनाको छानविन र शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्रालयले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ), प्रहरी प्रमुख (एसपी) र सहायक प्रहरी प्रमुख (डीएसपी) लाई जिम्मेवारीमुक्त गर्दै फिर्ता बोलाएको छ ।

बलात्कार र हत्या घटनापछि विवादित भएका एसपी डिल्लीराज विष्ट र डीएसपी ज्ञानबहादुर सेठी तथा सीडीओ कुमारबहादुर खड्कालाई फिर्ता बोलाउने निर्णय गरिएको गृहमन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदी जानकारी दिए । कञ्चनपुरको नयाँ सीडीओमा सहसचिव तारानाथ अधिकारी र एसपीमा कुवेर कडायतलाई पठाइएको जनाइएको छ ।

यस्तै, घटनाबारे छानविन गर्न गृह मन्त्रालयले मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा ३ वटै सुरक्षा निकायका प्रहरी नायव उपरीक्षक, आन्तरिक मामिला तथा कानून मन्त्रालय ७ नम्बर प्रदेशका प्रतिनिधि समेत रहने गरी ५ सदस्यीय छानविन समिति गठन गरेर खटाइसकेको प्रवक्ता सुवेदीले जनाए ।

salt training

कमेन्ट गर्नुहोस्