२५ असार २०८३, बिहीबार

पूर्वराजा ज्ञानेन्द्रद्वारा महायज्ञमा एक लाख सहयोग, भने- हिन्दूराष्ट्र बोल्ने कुरा होइन

कात्तिक २०, २०७४
पूर्वराजा ज्ञानेन्द्रद्वारा महायज्ञमा एक लाख सहयोग, भने- हिन्दूराष्ट्र बोल्ने कुरा होइन


चितवन, ९ फागुन - पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार नारायणगढमा जारी विराट गोरक्षा महायज्ञमा रु एक लाख सहयोग गरेका छन् ।gyanendra

पत्नी कोमलको जन्मोत्सव मनाउन चितवन आएका उनले आइतबार नारायणी किनारमा जारी महायज्ञमा पूजाआजा गरी रु एक लाख सहयोग गरेका हुन् । महायज्ञ परिसरमा उनले गौ पुजनसँगै बज्राचार्य, लामा र हिन्दू धर्मालम्बीले गरिरहेका छुट्टाछुट्टै हवनकुण्डमा पूजा गरेको मूल आयोजक समितिका संयोजक पदमराज पाण्डेले जानकारी दिए ।

पत्रकारले सोधेको एक प्रश्नमा पूर्वराजा शाहले भने , “हिन्दू राष्ट्र बोल्ने कुरा होइन, मनमा राख्नुपर्छ ।” महायज्ञमा पूर्वराजा र पूर्वरानी कोमललाई सर्वसाधारणले स्वागत गरेका थिए ।
शनिवार कोमलको जन्मोत्सव पश्चिम चितवनको बाराही रिसोर्टमा मनाइएको पूर्वराजाका निजी सचिव सागर तिमिल्सिनाले बताए । गौ सेवाकोष स्थापनार्थ हिन्दू ओमकार भोलिन्टियर्सद्वारा फागुन ३ बाट सुरु भएको महायज्ञ शिवरात्रिका दिन फागुन १३ गतेसम्म चल्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्