०६ असार २०८३, शनिबार

छोरी जन्मिए बैंक खाता

भदौ ८, २०७५
छोरी जन्मिए बैंक खाता

सुर्खेत- वीरेन्द्रनगर–६, बुद्धपथकी सुशीला थापाले असोज पहिलो साता छोरी प्रतिज्ञालाई जन्म दिइन् । परिवारले जन्म दर्ता गरिदिएको सातामै नगरपालिकाले प्रतिज्ञाको नाममा बैंक खाता खोलिदियो ।

परिवारले अन्नप्राशनमा जम्मा भएको ७ हजार रुपैयाँ पनि खातामै जम्मा गरिदिए। ‘नगरपालिकाले खाता खोलिदिएपछि छोरीका लागि बचत गर्ने प्रेरणा मिल्यो,’ आमा सुशीलाले भनिन्, ‘छोरी विद्यालय जाँदासम्म ५० हजार रकम जम्मा गरिदिने लक्ष्य छ ।’

प्रतिज्ञाको मात्र होइन, वीरेन्द्रनगरभित्र जन्मिएका एक सय ५६ बालिकाको नाममा गत आर्थिक वर्षमा खाता खोलिएको नगरपालिकाले जनाएको छ । जनप्रतिनिधि निर्वाचित भएपछि एक सय दिनको प्राथमिकताभित्र ‘छोरी जन्म बचत खाता’ कार्यक्रम समावेश गरी निरन्तरता दिएका छन् ।अाजकाे कान्तिपुर दैनिकले खबर छापेकाे छ ।

salt training

कमेन्ट गर्नुहोस्