एजेन्सी: विकासमा द्रूत गतिमा दौडिरहेको चीनले एकपछि अर्को गर्दै भौतिक पूर्वाधार बनाउँदै आएको छ। यही क्रममा उसले एउटा बहुआयामिक मानवनिर्मित टापु (आइसलेट) बनाउनमा जुटेको छ।
मानव निर्मित टापुमा पुल बनाइनेछ जसको चौडाइ २७.५ मिटर तथा ६ हजार ६ सय ६६ मीटर लामो हुन्छ। समुद्रमा फैलिएको प्रान्तीय राजधानीको उत्तरी रुयीमा यो आइसलेटको संरचना बनाउन सुरु गरिएको छ। आइसलेट कन्स्ट्रशुन कम्पनी चीनिया रेल बी ब्यूरो समूहका एक पुल ठेकेदारका अनुसार यसलाई पर्यटकीय नगरीको रुपमा विकास गरिने बताइएको छ।
यो टापुमा एउटा सडक, एउटा ट्रामवे,पानी, विजुली, प्राकृतिक ग्यास तथा फाइबर रहनेछन्। उक्त पुलमा एउटा मुख्यालय समेत राखिनेछ।
पुलको तल समुन्द्र १० देखि १५ मिटरको औसत गहिराई रहनेछ। यसका साथै निर्माण कम्पनीका अनुसार यो पुलमा तीव्र गतिको हावा, ज्वारभाटा चल्ने भएकाले यहाँ ठूलो सावधानी अपनाउने उपायको खोजी भइरहेको छ।
कम्पनी परियोजना प्रमुख चाङसङका अनुसार यो पुल सुपर टाइफून तथा शक्तिशाली भूकम्पलाई पनि थेग्न सक्ने गरी डिजाइन गरिनेछ। यो परियोजना सन् २०१९ सम्ममा तयारी भइसक्ने लक्ष्य लिएको छ।