२२ जेठ २०८३, शुक्रबार

रणवीर–दीपिकाको बिहेको दश दिनअघि नन्दी पूजा हुने

रणवीर–दीपिकाको बिहेको दश दिनअघि नन्दी पूजा हुने

काठमाडौं — बलिउड अभिनेताहरू दीपिका पादुकोण र रणवीर सिंहको बिहेको चर्चा निकै लामो समयदेखि चलिआएको छ । समाचारहरूमा आएअनुसार, बिहे २० नोभेम्बरमा इटलीको लेक कोमोमा हुनेछ । 

बिहेका लागि तीन महिना बाँकी हुँदा दुवैजनाको परिवार सामान किन्न तथा अन्य तयारी गर्न व्यस्त छन् । 

बिहेभन्दा १० दिनअघि दीपिकाकी आमाले उजालाले ठूलो पूजा राखेकी छन् जसमा रणवीर र दीपिका दुवैले भाग लिनुपर्नेछ । 

यो पूजा दीपिकाको गृहनगर बेंगलुरुमा हुनेछ । नन्दी पूजामा उाजालाले एक मन्दिरका पुजारीसँग कुरा पनि गरेकी छन् । यो पूजा दुलाहा दुलहीका लागि अत्यन्त जरूरी रहेको बताइन्छ । 

दीपिका र रणवीर लामो समयदेखिका प्रेमी हुन् तर कसैले पनि खुलेर आफ्नो अफेयरको र भविष्यमा हुने बिहेको कुरा गरेका छैनन् । एकअर्काप्रतिको प्रेमलाई भने उनीहले अनेक अवसरमा प्रकट गरेका छन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्