२६ जेठ २०८३, मंगलबार

राप्रपाले नेतालाई जिल्लामा खटायो, १५ दिन कार्यक्षेत्रमा बस्नै पर्ने

राप्रपाले नेतालाई जिल्लामा खटायो, १५ दिन कार्यक्षेत्रमा बस्नै पर्ने

काठमाडौं- राप्रपाले केन्द्रीय कार्य समितिका सबै पदाधिकारी र सदस्यहरुलाई जिल्ला खटाएको छ ।

पार्टीको संगठन विभागको कार्य योजनालाई केन्द्रीय कार्यसम्पादन समिति बैठकले अनुमोदन गरेपछि केन्द्रीय नेताहरूलाई जिल्ला खटाएको हो ।

यसरी खटिएका नेताहरू अनिवार्य तोकिएको कार्यक्षेत्र जानुपर्ने, तोकिएको क्षेत्रमा अनिवार्य १५ दिन आवासीय रुपमा बस्नुपर्ने बाध्यात्मक व्यवस्था गरिएको संगठन विभाग प्रमुख एवं सांसद राजेन्द्र लिङ्देनले बताए ।

पार्टीले खटाएका केन्द्रीय प्रतिनिधिले जिल्ला कार्य समितिको बैठक बोलाउनु पर्ने, स्थानीय आवश्यकता अनुसार १५ दिने कार्य योजना बनाउनुपर्ने, मंसिरसम्म पचास हजार पुर्‍याउने लक्ष्य अन्तर्गत सक्रिय सदस्य वितरण अभियानलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्नुपर्ने, हिन्दु राष्ट्र पुनःस्थापना राष्ट्रिय जनजागरण अभियान सबै स्थानीय तहहरुमा सञ्चालन गर्नुपर्ने, जिल्ला बाहेक क्षेत्र, नगर र विभिन्न तहहरुको बैठक गर्नुपर्ने, निस्कृय कार्य समितिलाई सक्रिय तुल्याउने र आवश्यकता अनुसार गठन, पुनर्गठन समेत गर्ने जिम्मेवारी प्रदान गरिएको पनि लिङ्देनले बताए ।

राप्रपाले अध्यक्ष कमल थापालाई काठमाडौं, राजनीतिक विभाग प्रमुख नेता बुद्धिमान तामाङलाई भक्तपुर, संगठन विभाग प्रमुख राजेन्द्र लिङ्देनलाई ललितपुर खटाएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए । 

यसैगरी राप्रपाले ७७ वटै जिल्लामा केन्द्रीय पदाधिकारी तथा सदस्यहरुलाई जिम्मेवारी प्रदान गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्