
काठमाडौं – सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार एनसीएचएलले सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई अन्तर बैंक भुक्तानी प्रणाली सेवा प्रदान गर्ने भएको छ । जसअनुसार अब सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट भुक्तानी हुने रेमिटान्स कारोबार हितग्राहीको बैंक खातामा सिधै जम्मा हुनेछ । यस अनुरुप अब बैंक भुक्तानी कार्य धेरै सहज र सरल हुने विश्वास गरिएको छ ।
सम्झौता पत्रमा नेपाल क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र सिटी एक्सप्रेस मनी ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डनले हस्ताक्षर गरेका छन् ।