१९ असार २०८३, शुक्रबार

कञ्चनपुरमा आज पनि गोली चल्यो, २ जना घाइतेको अवस्था गम्भीर

भदौ ८, २०७५
कञ्चनपुरमा आज पनि गोली चल्यो, २ जना घाइतेको अवस्था गम्भीर

कञ्चनपुर – बालिका निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारवाहीको माग गर्दै कञ्चनपुरमा भइरहेको आन्दोलनमा प्रहरीले शुक्रवार फेरि गोली चलाएको छ ।

प्रहरीको गोली प्रहारबाट २ जना गम्भीर घाइते भएका जनाइएको छ । आन्दोलन शुक्रवार साँझबाट फेरि शुरू भएर तनाव सिर्जना भएको छ । प्रदर्शनकारी आक्रोशित भएका छन् ।

सरकारले उच्च स्तरीय छानबिन टोली गठन गर्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख परिवर्तन गरेपछि शुक्रवार बिहान साम्य भएको आन्दोलन दिउँसोबाट शुरू भएको थियो । प्रदर्शनकारी जिल्ला प्रशासन कार्यालयतिर आउन खोजेपछि प्रहरीले बल प्रयोग गर्दा फेरि झडप शुरू भएको छ ।

दिउँसो ३ बजेतिरबाट प्रदर्शनकारीले आन्दोलन शुरू गरेका र अहिले भीड बढ्दै गइरहेको छ । शुक्रवार बिहान वर्षा भएका कारण पनि आन्दोलन हुन सकेको थिएन । वर्षा रोकिएपछि सर्वसाधारण सदरमुकाम केन्द्रीत भएका छन् ।

कञ्चनपुरका बेलौरी, बेल्डाडी र पुनर्वास क्षेत्रमा भने शुक्रवार बिहान प्रदर्शन भएको थियो । प्रहरीले मानसिक सन्तुलन ठिक नभएका व्यक्तिलाई अभियुक्त देखाउँदै सार्वजनिक गरेपछि सर्वसाधारण आक्रोशित बनेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्