
महेन्द्रनगर – बालिका निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै महेन्द्रनगरमा भइरहेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
घाइतेको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीको गोली लागेर कविन्द्र सिंह, सगुन सुवेदी, दामोदर खत्री, उमेश देउवा र चेतन भट्ट घाइते भएका छन् । प्रदर्शनकारीहरू जिल्ला प्रशासन कार्यालयतिर आउन खोज्दा प्रहरीले गोली प्रहार गरेको हो ।
शुक्रवार बिहान शान्त रहेको महेन्द्रनगरको आन्दोलन साँझबाट फेरि शुरू भएर तनाव सिर्जना भएको छ । गोली प्रहारपछि प्रदर्शनकारी आक्रोशित भएका छन् ।