२३ जेठ २०८३, शनिबार

प्रहरीको गोली लागेर मृत्यु भएका बालकको शव प्रशासनको नियन्त्रणमा

प्रहरीको गोली लागेर मृत्यु भएका बालकको शव प्रशासनको नियन्त्रणमा

काठमाडौं– कञ्चनपुरको भीमदत्तनगर नगरपालिका २ की १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा शुक्रवार साँझ मृत्यु भएका बालकको शव स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रशासन कार्यालय जाने बाटो (ट्राफिक चोक)मा प्रहरीले चलाएको गोली लागेर १४ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु भएका बालकको नाम खुल्न सकेको छैन । 

प्रदर्शनकारीले मृतकको शवसहित प्रदर्शन गरिरहेका बेला प्रहरीले शव नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालयमा राखेको छ । 

प्रहरीको गोली लागेर ८ जना घाइते भएका छन् । जसमध्ये ३ जना अवस्था गम्भीर छ । घाइतेहरुलाई महाकाली अञ्चल अस्पतालमा लगिएको छ । गम्भीर घाइतेलाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको महाकाली अञ्चल अस्पताल प्रशासनले जनाएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्