०९ असार २०८३, मंगलबार

काठमाडौंका मेयरसँग प्रधानमन्त्री असन्तुष्ट, विद्यासुन्दर ठाडो जवाफ मात्र फर्काउँछन्

भदौ ९, २०७५
काठमाडौंका मेयरसँग प्रधानमन्त्री असन्तुष्ट, विद्यासुन्दर ठाडो जवाफ मात्र फर्काउँछन्

काठमाडौं–  काठमाडौं महानगरपालिकाका  मेयर विद्यासुन्दर शाक्यको कार्यशैलीप्रति प्रधानमन्त्री केपी ओली सन्तुष्ट नरहेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । 
 आफ्नो जिम्मेवारीमा पर्ने भित्री र कोरिडोर सडक, ढल र बत्ती व्यवस्थापनमा शाक्य चुकेको ओलीको बुझाइ छ ।
 ‘प्रधानमन्त्रीज्यूले पटक–पटक निर्देशन दिनुभएको छ, तर उनी भेट्न आउँदा रातारात हुने कुरा भएन, लागिरहेको छु, परिणाम देखाउँछु भन्दै ठाडो जवाफ मात्र फर्काउँछन्,’ प्रधानमन्त्रीका एक सचिवालय सदस्यले भने, ‘उनकै कार्यशैलीका कारण सरकारले धेरै आलोचना खेप्नुपरेको छ । उनी गम्भीरतापूर्वक जिम्मेवारीबोध गर्ने व्यक्ति रहेनछन् भन्ने प्रधानमन्त्रीज्यूले नै अनुभूति गरिरहनुभएको छ ।’
३ भदौमा प्रधानमन्त्री केपी ओलीको कार्यकालको ६ महिना पूरा भएको छ । सरकारले सयदिने उपलब्धि र पाँचमहिने उपलब्धिका विवरण पनि सार्वजनिक गरेको छ । कार्यक्रमहरूमा लामै प्रवचन दिने स्वभावका प्रधानमन्त्री ओली समृद्ध नेपालका लागि अब अलमलिने छुट कसैलाई नभएको बताउने गर्छन् । 

salt training

कमेन्ट गर्नुहोस्