
काठमाडौं– सवारी चलाउँदा चालककै लापर्वाहीका कारण पनि धेरै दुर्घटना हुने गर्दछन् । अर्को तर्फ मौसम र सडक पनि दुर्घटनाको कारण बन्ने गर्छ ।
वर्षाको समय छ । यो समयमा केही कुरामा ख्याल गरे मात्रै पनि दुर्घटनाबाट जोगिन सकिन्छ । वर्षातको समयमा सवारी चलाउँदा विशेष ख्याल गर्नु पर्दछ ।
पानीले सडक भिजेको बेलामा आफ्नो सवारी साधन लिएर सडकमा निस्कनु अघि सवारी साधनको चेकजाँच गर्नु पर्छ र विशेषगरी वाइपर, हेडलाइट र ब्रेक ठिक हालतमा हुनुपर्छ ।
सवारीको गती कम गर्ने र सवारी साधनहरु बीचको दुरी बढाउने कार्य गर्नुका साथै अन्यत्र ध्यान मोडिने कार्यहरु (जस्तैस मोवाइल फोनको प्रयोग गर्ने र ऐनामा आफ्नो अनुहार हेर्नेर मेकअप गर्ने) गर्नु हुँदैन ।
विभिन्न स्थानहरुमा सडक निर्माणको कार्य भैरहेकोले पानी जमेको ठाउँमा ख्याल गरेर मात्र सवारी चलाउनु पर्छ ।
पैदलयात्रीहरुलाई पानी छिट्याउने काम सभ्यताको सुचक हुन सक्दैन ।