२६ जेठ २०८३, मंगलबार

बेल्चा लिएर फोहोर सोहर्दै कर्णालीका मुख्यमन्त्री [फोटोफिचर]

भदौ ९, २०७५
बेल्चा लिएर फोहोर सोहर्दै कर्णालीका मुख्यमन्त्री [फोटोफिचर]

सुर्खेत – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही शनिवार बिहानै बेल्चा लिएर सडकमा देखिए । टीसर्ट, ट्राउजर र स्पोर्टस् जुत्तामा २ जना अंगरक्षकसहित हातमा बेल्चा बोकेका मुख्यमन्त्री शाही वीरेन्द्रनगरको घण्टाघर चोकमा पुगे ।

नेपाल मानव धर्म सेवा समिति सुर्खेतको टोली घण्टा घरमा मुख्यमन्त्री शाहीलाई स्वागतका लागि तयारी अवस्थामा थियो ।

मुख्यमन्त्री शाहीलाई मानव धर्म सेवा समितिको टोलीले स्वागत गर्दै गर्दा प्रदेश सरकारकी प्रवक्ता तथा भूमि व्यवस्था एवं कृषि सहकारी मन्त्री विमला केसी र वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदी पनि सोही ठाउँ आइपुगे ।

मानव धर्म सेवा समितिद्वारा राखिएको नगर सरसफाई कार्यक्रमबारे छोटो मन्तव्य राखिसकेपछि मुख्यमन्त्री शाहीले आफै सडक छेउछाउमा रहेको फोहोरको थुप्रोमा बेल्चा चलाउन शुरू गरे । मुख्यमन्त्रीलाई साथ दिँदै प्रवक्ता विमला केसी र नगर प्रमुख देवकुमार सुवेदी पनि फोहोरको थुप्रो सफा गर्न थाले ।

फुर्तिलो र छिटोछरितो ज्यान भएका शाहीले पसिना चुहिने गरी बेल्चा चलाउँदै नगरको सरसफाईका लागि नगरवासी नै सक्रिय हुनुपर्ने धारणा राखे । 

वीरेन्द्रनगरलाई कर्णाली प्रदेशकै सफा र पर्यटकीय नगरी निर्माण गर्नुपर्ने उनको भनाई छ । सरसफाई कार्यक्रम महात्मा निर्मला वाइजीको सभापतित्वमा भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्