२३ जेठ २०८३, शनिबार

म्यानचेस्टर सिटीको जितमा ‘ब्रेक’, वल्भरह्याम्टनसँग बराबरीमा रोकियो

म्यानचेस्टर सिटीको जितमा ‘ब्रेक’, वल्भरह्याम्टनसँग बराबरीमा रोकियो

काठमाडौं– लगातार दुई खेलमा विजयी भएको म्यानचेस्टर सिटीको विजयी यात्रामा ब्रेक लागेको छ ।  
प्रिमियर लीग अन्तर्गत शनिबार  सम्पन्न आफ्नो तेस्रो  खेलमा सिटी वल्भरह्याम्टनसँग बराबरीमा रोकिएको हो । 
वल्भरह्याम्पटनको घरेलु मैदान मोलिनक्स स्टेडियममा  सम्पन्न खेलमा सुरुवाती अग्रता वल्भरह्याम्पटननै लिएपनि  त्यसलाई १२ मिनेट भन्दा बढी टिकाउन सकेन । 
वल्भरह्याम्पटनका लागि बोलीले ५७ औं मिनेटमा गोल गरे ।  यस्तै ६९ औं मिनेटमा सिटीका एमेरिकले बराबरी गोल गरे । 
त्यसपछि दुबै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल बराबरीमा रोकिएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्