
काठमाडौं– कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यामा प्रहरी नै अनुसन्धानको घेरामा रहेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । पत्रिकाले बलात्कारको अनुसन्धानमा प्रहरीले लापरबाही मात्रै नगरी जानाजान प्रमाण दबाउन नै भूमिका खेलेको उल्लेख छ ।
प्रमाण लुकाउन प्रहरीले गरेका ६ हर्कतका नालीबेली पनि सन्दर्भका रुपमा पत्रिकाले छापेको छ ।