२३ जेठ २०८३, शनिबार

सेवाग्राहीकै पोसाक तोक्ने तयारी

भदौ १०, २०७५
सेवाग्राहीकै पोसाक तोक्ने तयारी

काठमाडौँ – गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमा आउने सर्वसाधारणको समेत पोसाक तोक्ने गरी छलफल अघि बढाएको छ ।

गृह प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले सेवाग्राहीको पोसाकबारे आन्तरिक छलफल सुरु भएको बताए । ‘कर्मचारीको निश्चित पोसाक भएपछि सेवाग्राही पनि मर्यादित पोसाकमा आउनु राम्रो हो,’ उनले भने, ‘यसबारे केही निर्णय त भएको छैन, छलफल भने चलाएका छौं ।’

मर्यादित पोसाक भनेको कस्तो हो, त्योचाहिँ यकिन भइसकेको छैन । विस्तृत छलफलपछि पोसाक टुंगो लगाइने मन्त्रालयले जनाएको छ ।  कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्