२७ जेठ २०८३, बुधबार

महिना बित्यो, सरकार बल्ल तात्यो

भदौ १०, २०७५
महिना बित्यो, सरकार बल्ल तात्यो

/काठमाडौं ।कञ्चनपुरस्थित भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्याको महिना दिनपछि बल्ल सरकार तातेको छ ।
सरकारले शनिबार एसपी डिल्लीराज विष्टलाई निलम्बन गर्न निर्देशन दिएर घटनाबारे एक्सन लिन सुरु गरेको हो । विवादित विष्टलाई तत्काल नै निलम्बन गरेर कारबाही गर्नुपर्नेमा महिना दिनपछि भए पनि सरकार तातेको हो ।
मन्त्रिपरिषद्को शुक्रबार साँझ बसेको बैठकले पनि घटनाप्रति दुःख व्यक्त गर्दै चासो देखाएको थियो । आन्दोलन चर्किँदै गएपछि मन्त्रिपरिषद् बैठकले अपराधीलाई कानुनी दायरामा ल्याएरै छाड्ने जनाउँदै घटनालाई उत्तेजित नपार्न आग्रह गरेको थियो ।
यता, प्रधानमन्त्री केपी शर्मा ओलीले घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याएरै छाड्ने प्रतिबद्धता जनाएका छन् । कैलाली र कञ्चनपुरका सांसद तथा ने क पाका नेताहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले सरकार गम्भीर रहेको समेत जनाएका थिए ।अाजकाे राजधानी दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्