काठमाडौं, ९ फागुन — भारतको समाजवादी पार्टीका प्रवक्ता राजेन्द्र चौधरीले भारतीय प्रभानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई आतंकवादी संज्ञा दिएका छन् ।

‘यिनीहरूले लोकतन्त्रमा आतंक उत्पन्न गरिरहेका छन् र लोकतन्त्रलाई नै फोहोर पारिरहेका छन् । उत्तर प्रदेशका जनताले यिनीहरूसँग बदला लिनेछन् । यिनीहरूको हालत बिहारमा भन्दा खराब हुनेछ ।’
चौधरीले थपे, ‘उत्तर प्रदेशमा गुजरातका दुई जादूगर सक्रिय भएका छन् र चिच्याई चिच्याई आफ्नो कुरा सुनाइरहेका छन् ।’
‘यिनीहरू मर्यादाहीन राजनीति गरिरहेका छन् । तर उत्तर प्रदेशका जनताले यिनीहरूलाई यसको अनुमति दिने छैनन् । हारको डरले गर्दा यिनीहरू बहुलाएका हुन सक्छन् तर स्तर यतिसम्म पनि गिराउनु हुँदैनथियो यिनीहरूले । उत्तर प्रदेश ध्वस्त भएको कुरा उनीहरू बोल्दै हिँड्छन् । यसको के प्रमाण छ उनीहरूसँग ?’
‘अखिलेश र राहुलको संयुक्त अभियान शुरु भएपछि मोदीजीको दिमाग खराब भएको छ र उनको दिल्लीको गद्दी खतरामा परेको छ,’ चौधरीले भने ।
दैनिक भास्करबाट