२७ जेठ २०८३, बुधबार

गोसाइँकुण्डमा मेला भर्न आउने भक्तजनको घुइँचो

गोसाइँकुण्डमा मेला भर्न आउने भक्तजनको घुइँचो

रसुवा–गोसाइँकुण्डमा मेला भर्न आउने भक्तजनको घुइँचो बढेको छ । प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमा (जनैपूर्णिमा)का दिन भक्तजन मेला भर्न आउने गर्दछन् । यसपटक गत वर्षभन्दा बढी यात्रीहरु आएको धुन्चेका होटल व्यवसायीले बताएका छन् । तिर्थालुलाई यात्रा सहज बनाउन गोसाइँकुण्ड जाने गोरेटो तथा घोरेटो बाटो मर्मत गरिएको छ । 

पौराणिक कथनअनुसार परापूर्व कालमा देवता र दानवबीच लडाईंमा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त गर्न हिमालयखण्डको काखमा भगवान शिवशंकरले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात् त्रिशूल धाराको उत्पति भई त्रिशूल धाराको पानीबाट जम्मा भएर गोसाईकुण्ड बनेको भन्ने जनविश्वास छ । 

कुण्डमा स्नान गरी गोसाई बाबा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृले मोक्षमिल्नुका साथै आफूले चिताएको सबै मनोकांक्षाहरू पुरा हुने जनविश्वासका साथ वर्षेनी हजारौ भक्तजनहरू कण्डमा स्नान गर्न आउने गर्दछन् ।

salt training

कमेन्ट गर्नुहोस्