काठमाडौं — सलमान खान र कट्रिना कैफको मुख्य भूमिका रहेको फिल्म भारतको शूटिङ विगत एक महिनादेखि चलिरहेको छ ।
साउन ३० गते सलमानले फिल्मको टीजर सार्वजनिक गरेका थिए । अहिले आएर चाहिँ फिल्मको पहिलो तस्वीर सार्वजनिक भएको छ । सलमानले आफैं ट्वीट गरेर आफ्नो र कट्रिनाको चरित्रको फर्स्ट लूक शेयर गरे ।
तस्वीरमा सलमान कालो रंगको शेरवानी अनि जुंगा पालेको रूपमा देखिएका छन् । यो कुनै गीतको तस्वीर जस्तो देखिन्छ ।
कट्रिना यो तस्वीरमा कर्ली कपालमा देखिएकी छन् र केही दिनअघि उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा पनि कर्ली कपालवाला लूक सार्वजनिक गरेकी थिइन् ।
भारत फिल्मको शूटिङ अहिले माल्टामा भइरहेको छ ।
अली अब्बास जफरको निर्देशनमा बनेको फिल्ममा तब्बु, दिशा पाटनी र सुनिल ग्रोभर पनि महत्त्वपूर्ण भूमिकामा छन् । फिल्म अर्को वर्षको ईदमा सार्वजनिक हुनेछ ।
एजेन्सी