०४ साउन २०८३, सोमबार

रक्षाबन्धनको बिदामा बन्द नगरेको भन्दै मन्त्रीले नै लगाए राष्ट्र बैंकमा ताला !

रक्षाबन्धनको बिदामा बन्द नगरेको भन्दै मन्त्रीले नै लगाए राष्ट्र बैंकमा ताला !
फोटो : आतिस मित्रको फेसबुकबाट

काठमाडौं –प्रदेश नम्बर २ को सरकारले आइतवार रक्षाबन्धनको उपलक्ष्यमा सार्वजनिक बिदा दिएपनि उक्त निर्णय अवज्ञा गरेको भन्दै मन्त्री आफैंले राष्ट्र बैंकको जनकपुरस्थित शाखा कार्यालयमा तालाबन्दी गरेका छन् ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव जनकपुरस्थित राष्ट्र बैंकको शाखा कार्यालयमा पुगेर तालाबन्दी गर्दै साँचो बोकेर हिँडेका हुन् ।

संविधानले प्रदेश सरकारलाई सार्वजनिक बिदा दिने अधिकार दिए पनि संघीय सरकार मातहतका कार्यालयहरूले अटेरी गरेपछि तालाबन्दी गर्नुपरेको मन्त्री यादवले बताए ।

यसरी अटेरी गर्ने अन्य कार्यालयमा पनि ताला लगाउने भन्दै उनले अझै नटेरे कानूनी उपचार खोज्न बाध्य हुने चेतावनी समेत दिए ।

salt training

कमेन्ट गर्नुहोस्