चेन्नई,२९ मंसिर– तमिलनाडुका मुख्यमन्त्री जयललिता ब्राम्हण परिवारमा जन्मिएकी थिइन् । तर पनि उनको दाहसंस्कार हिन्दू परम्परा अनुसार नगरिकन शवलाई गाडिएको थियो ।

उनको शवलाई गाडिएको विषयमा निकै विवाद चर्किएको थियो । मंगलवार जयललिताको परिवारले उनको दोस्रोपटक अन्तिम संस्कार हिन्दू परम्परा अनुसार गरिएको छ ।
टाइम्स अफ इन्डियाको समाचार अनुसार जयललितालाई मोक्ष प्राप्त होस् भन्ने कामनाका साथ उनका परिवारजनले श्रीरंगपटनास्थित कावेरी नदीमा जयललिताको अन्तिम दाहसंस्कार गरिएको छ ।
नदी किनारमा गरिएको दाहसंस्कारमा जयललिताको शवको सत्तामा कपडाको पुतली बनाएर उनको प्रतिक मानेर दाहसंस्कार गरिएको थियो ।
उनको दाहसंस्कारको परम्परा पूरा हुन थप केही दिन बाँकी छ । दाहसंस्कार पाँच दिनसम्म चल्ने बताइएको छ ।
जयललिताको सौतनी दाई वरदराजुको विरोध
जयललिताको शव गाडेकोमा विरोध गरेका उनका सौतली दाई वरदराजु मंगलवार हिन्दूसंस्कार अनुसार दाहसंस्कारमा उपस्थित भएका थिए । जयललिताको अपोलो अस्पतालमा भर्ना भएदेखि मृत्यु संस्कारसम्म पनि परिवारका सदस्यको खासै सक्रियता देखिएको थिएन ।
जयललिताको अन्तिम संस्कार सबै उनको नजिकका शशिकलाले पूरा गरेकी थिइन् । शशिकलाले नै जयललिताको शवलाई गाड्ने निर्णय गरेकी थिइन् ।
किन लिए जयललिताको शव गाड्ने निर्णय ?
जयललिता कुनै जात वा धर्मको पहिचानभन्दा फरक थिइन् । नास्तिक द्रविड आन्दोलनले ब्राम्हण परम्पराको विरोध गरेका थिए । द्रविड नेता सैद्धान्तिक रुपमा ईश्वरमा विश्वास गर्दैनन् । यही परम्पराका अनुसार पेरियार,अन्ना दुरई र एमजीआर लगायतका नेताहरुको शव पनि गाडेका थिए । यसै परम्परालाई कायम राख्दै जयललिताको शवलाई पनि गाडिएको थियो । एजेन्सी