०१ असार २०८३, सोमबार

पिउने पानीको मापदण्ड निर्धारण गर्न निर्देशन

भदौ १३, २०७५
पिउने पानीको मापदण्ड निर्धारण गर्न निर्देशन

काठमाडौंँ–प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले स्वच्छ पिउन योग्य पानीको मापदण्ड निर्धारण गरी नेपाल गुणस्तर चिह्न प्रदान गर्ने व्यवस्था मिलाउन खानेपानी मन्त्रालयलाई निर्देशन दिएको छ । मङ्गलवार बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो । 
धेरै वर्षदेखि आशामै रहेको मेलम्ची खानेपानी पानी वितरण गर्ने भनी मन्त्रालयबाट प्रस्तावित तिथिमिति बारम्बार परिवर्तन भइरहेकोप्रति चासो व्यक्त गर्दै निर्माण व्यवसायीको सुस्त कार्यसम्पादन र कमजोर व्यवस्थापनलाई तत्काल सम्बोधन गरी चाँडै मेलम्ची खानेपानी आयोजना सम्पन्न गरी पानी वितरणको व्यवस्थापन गर्न पनि मन्त्रालयलाई निर्देश गरेको छ । अाजकाे गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्