०४ असार २०८३, बिहीबार

बिमस्टेकपछि संयुक्त सैन्य अभ्यास,  ‘भारतीय प्रभाव’ का रूपमा चर्चा

भदौ १३, २०७५
बिमस्टेकपछि संयुक्त सैन्य अभ्यास,  ‘भारतीय प्रभाव’ का रूपमा चर्चा

काठमाडौँ -बिमस्टेकका सदस्य राष्ट्रले चौथो शिखर सम्मेलनलगत्तै भारतमा संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् । ३०/३० जना सैन्य अधिकारी सम्मिलित संयुक्त अभ्यास भदौ २५ देखि ३१ सम्म भारतको महाराष्ट्रस्थित पुणेमा हुनेछ ।

भारतले पाकिस्तान सदस्य रहेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई ‘बेवास्ता’ गरिरहेका बेला बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का सात राष्ट्रले गर्ने संयुक्त सैन्य अभ्यासलाई ‘भारतीय प्रभाव’ का रूपमा चर्चा गर्न थालिएको छ । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्