१३ असार २०८३, शनिबार

म्यानमारका राष्ट्रपति बुद्ध जन्मस्थल लुम्बिनीमा

म्यानमारका राष्ट्रपति बुद्ध जन्मस्थल लुम्बिनीमा
फाइल फोटो

काठमाडौं – बिमस्टेक सम्मेलनमा सहभागी हुन नेपाल आएका म्यानमारका राष्ट्रपति विन मिन्ट गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुगेका छन् ।

मंगलवार दिउँसो नै काठमाडौं आइपुगेका मिन्ट बुधवार लुम्बिनी पुगेका हुन् । लुम्बिनीमा रहँदा उनले मायादेवी मन्दिर र म्यानमारले निर्माण गरेको बिहारमा पूजा आराधना तथा ध्यान गर्ने बताइएको छ ।

त्यसपछि उनी आजै काठमाडौं फर्किने कार्यक्रम छ ।

बिमस्टेकको चौंथो शिखर सम्मेलन बिहीवार र शुक्रवार राजधानीमा हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्