२३ असार २०८३, मंगलबार

म्यान्मारका राष्ट्रपति विन मीन्ट लुम्बिनी भ्रमणमा

भदौ १३, २०७५
म्यान्मारका राष्ट्रपति विन मीन्ट लुम्बिनी भ्रमणमा

बुटवल – म्यानमारका राष्ट्रपति विन मीन्ट लुम्बिनी भ्रमणमा आएका छन् ।

बिहीवार र शुक्रवार काठमाडौंमा हुने बिमस्टेक सम्मेलनमा सहभागी हुन नेपाल आएका उनी बुद्ध जन्मस्थल लुम्बिनीको दर्शन गर्न बुधवार लुम्बिनी आइपुगेका हुन् । उनी झण्डै ११ बजे लुम्बिनी पुगेका थिए । 

उनलाई लुम्बिनीमा संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारी, ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश प्रमुख उमाकान्त झा लगायतले स्वागत गरे । मायादेवी मन्दिरमा पूजाआजा गरेपछि उनी लुम्बिनीस्थित होटल कसाईमा खाना खाने कार्यक्रममा सहभागी छन् । 

उनी ३ बजे काठमाडौं फर्किने कार्यक्रम छ । राष्ट्रपतिको सुरक्षालाई ध्यानमा राखेर व्यापक रुपमा सेना तथा प्रहरी परिचालन गरिएको छ । २ देशका राष्ट्र प्रमुख लुम्बिनी भ्रमणमा आउने भएपछि रूपन्देहीको सुरक्षा व्यवस्था कडा बनाइएको छ । लुम्बिनीमा शनिवारदेखि नै व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले दुवै राष्ट्रपतिको लुम्बिनीमा हुने भ्रमणका लागि अतिविशिष्ट श्रेणीको सुरक्षा योजना बनाइएको बताए । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना भने सम्मेलन सकिएको भोलिपल्ट अर्थात् भदौ १६ गते लुम्विनी आउने कार्यक्रम रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्