काठमाडौँ, ९ फागुन -नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले २०७४ वैशाख ३१ गतेका लागि तय गरेको स्थानीय तहको निर्वाचनको स्वागत गर्दै मुलुकमा निर्वाचनको आवश्यकता रहेको बताएका छन् । उनले भने , “चुनावमा जानु आवश्यक थियो, सबै मिलेर चुनाव सम्पन्न गर्नुपर्छ ।”

सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै संयुक्त लोकतान्त्रिक मोर्चाले आन्दोलनका कार्यक्रम सार्वजनिक ग¥यो, अब मोर्चालाई कसरी मनाउनुहुन्छ ? भन्ने प्रश्नमा नेता पौडेलले मोर्चाका माग सम्बोधन गर्न आफ्नो पार्टीले प्रयास गर्ने विश्वास दिलाए ।
उनले भने , “मोर्चा पनि निर्वाचनमा आउनुपर्छ । देशलाई चुनाव चाहिएको छ । उहाँहरुलाई सम्झाउने हाम्रो प्रयास रहन्छ ।”