०२ असार २०८३, मंगलबार

तीब्र गतिको  पर्यटक बस दुर्घटनाग्रस्त

भदौ १३, २०७५
तीब्र गतिको  पर्यटक बस दुर्घटनाग्रस्त

इटहरी– सुनसरीको सदरमुकाम इनरुवाबाट धनकुटाको पर्यटकीयस्थल नमस्ते झरनातर्फ गएको पर्यटक बस साँगुरीगढीको ओरालोमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ । 

दुर्घटनामा दुई गम्भीर र १४ यात्रु समान्य घाइते भएको पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । दुर्घटनामा सुनसरी बराहक्षेत्र नगरपालिका–९ निवासी राजेन्द्र चन्द्रवंशीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्ने क्रममा मृत्यु भएको ट्राफिक प्रहरी इटहरीले जनाएको छ । 

सुनसरी इनरुवा नगरपालिका–६ का ६५ वर्षीय खड्गबहादुर नेपाली र २८ वर्षीय श्रवण मेहताको गम्भीर अवस्थामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । अन्य घाइतेको पानि सोही अस्पतालमा उपचार भइरहेको बताइएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर सोधखोज गरिरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्