०४ असार २०८३, बिहीबार

नेपाल टेलिभिजनको महाप्रबन्धकमा रोका नियुक्त, को हुन् रोका ?

कात्तिक २०, २०७४
नेपाल टेलिभिजनको महाप्रबन्धकमा रोका नियुक्त, को हुन् रोका ?


काठमाडौँ, ९ फागुन - सरकारले नेपाल टेलिभिजनको महाप्रबन्धकमा वरिष्ठ पत्रकार गोविन्द रोकालाई चार वर्षका लागि नियुक्त गरेको छ ।nepal-television-logo_1

मन्त्रिपरिषद्को आज बसेको बैठकले रोकालाई नेपाल टेलिभिजनको महाप्रबन्धकमा नियुक्त गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री राम कार्कीले जानकारी दिए ।

माओवादीले सञ्चालन गरेको जनयुद्धमा युद्ध पत्रकारको भूमिका निर्वाह गरेका रोका शान्ति प्रक्रिया सुरु भएपछि नेपाल एफएममा समाचार प्रमुख भएर काम गरेका थिए ।

विसं २०५४ सालदेखि विभिन्न सञ्चार माध्यममा सम्बाददाताको रुपमा कार्य गरेका उनले २०६३ सालमा रेडियो नेपालको समाचारमूलक कार्यक्रम घटना र विचारको संयोजक भएर काम गरेका थिए ।

नेपाल एफएममा समाचार प्रमुखको रुपमा पाँच वर्ष सेवा गरेका रोकाले मैत्री एफएममा प्रबन्ध निर्देशक भएर काम गरे भने रेडियो रानी भेरी एफमको अध्यक्ष भई २०५७ देखि हालसम्म सेवा पु¥याए उ । यस्तै प्रदेश एफम एम सुर्खेतको अध्यक्ष, एबिसी टेलिभिजनमा समाचार सम्पादकको रुपमा काम गरेका छन ।

प्रसारण पत्रकारितामा स्तातकोत्तर उत्र्तीण रोका सञ्चार क्षेत्रमा स्थापित व्यक्तित्व हुन्। रासस

salt training

कमेन्ट गर्नुहोस्