०४ असार २०८३, बिहीबार

पश्चिम सेती २३ वर्षदेखि बन्धक, चिनियाँ कम्पनीले हात झिक्यो

भदौ १४, २०७५
पश्चिम सेती २३ वर्षदेखि बन्धक, चिनियाँ कम्पनीले हात झिक्यो

काठमाडाैं-चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन सिटिजिआईले पश्चिम सेती जलविद्युत परियोजनबाट हात झिकेको छ । 
७५० मेगावटको यो परियोजना साढे ६ वर्षअघि चिनियाँ कम्पनीले लिनुअघि अस्टेलियन कम्पनीले १७ वर्षसम्म आगटेको थियो । 

पश्चिम सेती निर्माण गर्न आयोजना विकास समझदारी भएको झन्डै साढे ६ बर्ष ७७ महिना पछि सिटिजिआईले आयोजनाबाट हात झिकेको उच्च सरकारी स्रोतले बताएको छ । 
व्यवसायिक रुपमा सम्भाव्य नदेखिएको भन्दै थ्री गर्जेजले आयोजना बनाउन नसक्ने जानकारी गराएको हो । 

हालसम्म दुईवटा विदेशी कम्पनीले पश्चिमी सेती आयोजनालार्य साढे २३ वर्ष बन्धक बनाएका छन् ।  अाजकाे नयाँ पत्रिका दैनिकले खबर छापेकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्