०२ असार २०८३, मंगलबार

प्रचण्डको भारत भ्रमण किन रोकियो ?

प्रचण्डको भारत भ्रमण किन रोकियो ?

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण रोकिएको छ । 

शुक्रवार(भोलि) भारत जाने तयारीमा रहेका प्रचण्डले अन्तिम समयमा भ्रमण रोकेका छन् । 

 हिन्दुस्तान टाइम्स पत्रिकाको वार्षिक उत्सवमा सहभागी हुन प्रचण्ड भारत भ्रमणमा जान लागेका थिए ।

तर आजबाट काठमाडौंमा शुरु भएको बिमस्टेक सम्मेलनमा भागलिन सात देशका राष्ट्रप्रमुखहरु आएको हुँदा प्रचण्डले आफ्नो भ्रमणलाई रोकेको नेकपाका एक नेताले जानकारी दिए । 

प्रचण्डको यो भ्रमण रोकिएको भए पनि उनको राजनीतिक भ्रमण भने यथावत रहेको छ । उनी भदौं २२ गते भारत जाने छन् । त्यस लगत्तै उनी चीन भ्रमणमा जाने छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्