०३ असार २०८३, बुधबार

लालु यादवलाई जोगाउन कालो जादूको सहारा !

लालु यादवलाई जोगाउन कालो जादूको सहारा !

काठमाडौं — भारतको बिहारका पूर्व मुख्यमन्त्री लालु प्रसाद यादवलाई अदालतले बिरामीको बहाना बनाएर जेलबाहिर बस्न नदिएपछि उनी राँची पुगेका छन् । 

बुधवार लालुको घरको मूल ढोकामा काला जादू गरिएको देखिएको छ । लालु र राबडीको घरको गेटमा कालो कपडा बाँधिएको छ । 

लालुले पटनाबाट राँची जानुअघि मिडियासँग कुरा गरे । उनले देशमा तानाशाही बढिरहेको तर आफूलाई अदालतप्रति विश्वास रहेको बताए । आफू र आफ्नो परिवारलाई झुटो मुद्दामा फसाइएको पनि उनले बताए । 

लालुका छोरा तेजस्वीले चाहिँ मिडियाको प्रश्नको उत्तर नदिएर न्यायिक प्रक्रिया भएको मात्र बताए । 

दिनदिनै कानूनी पञ्जामा कसिँदै गएपछि लालु परिवारले गेटमा कालो कपडा बाँधेर ग्रहदोष मन्साउन खोजेको भन्दै पटनामा चर्चा चल्न थालेको छ । 

लालुको घरको गेटमा पहिले पनि टुनामुना गरिएको थियो । तेजप्रतापको बिहेका बेलामा पूरा गेटमा हरियो खुर्सानी र कागती राखिएको थियो । खराब नजरबाट बच्नका लागि यसो गरिएको हुनसक्ने मानिसले अनुमान गरेका थिए । 

आजकल लालु यादव ज्योतिषीहरूको कुरा मान्ने बताइएको छ । उनले केही समययता मासु खान पनि छोडेका छन् । एक ज्योतिषको सल्लाहमा उनले यसो गरेको बताइएको छ । पछि थाहा भयो, ती ज्योतिषलाई लालुले नै पार्टीविरोधी
बयान दिएको आरोपमा पार्टीबाट निकालेका थिए ।

जागरण डट्कमबाट
 

salt training

कमेन्ट गर्नुहोस्