२५ जेठ २०८३, सोमबार

लुम्बिनीलाई पृष्ठभूमिमा राखेर राष्ट्रपतिसँग बिमस्टेकका भीभीआईपीको फोटो सेसन

लुम्बिनीलाई पृष्ठभूमिमा राखेर राष्ट्रपतिसँग बिमस्टेकका भीभीआईपीको फोटो सेसन

काठमाडौं – बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका राष्ट्रप्रमुख र सरकार प्रमुखको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिवाभोज आयोजना गर्नुभएको छ । 

सम्मेलनको उद्घाटनअगावै शीतल निवासमा दिवाभोज आयोजना गरिएको हो । दिवाभोजमा सबै सदस्य राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरू सहभागी भए ।

दिवा भोजपश्चात शीतल निवासमा सामूहिक फोटो खिचाइएको छ । 

लुम्बिनीलाई पुष्ठभूमिमा राखेर खिचिएको तस्वीरको बीचमा राष्ट्रपति भण्डारी र दायाँतर्फको छेउमा प्रधामनन्त्री केपी शर्मा ओली उभिनुभएको छ ।

salt training

कमेन्ट गर्नुहोस्