०३ असार २०८३, बुधबार

भीभीआईपीको सवारीले सर्वसाधारणलाई सास्ती, सरकारलाई सराप्दै पैदल हिँडेर घरतर्फ

भीभीआईपीको सवारीले सर्वसाधारणलाई सास्ती, सरकारलाई सराप्दै पैदल हिँडेर घरतर्फ

काठमाडौं– चौथो बिमस्टेक सम्मेलनमा सहभागी हुन काठमाडौं आएका सदस्य देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखको सवारीका कारण राजधानी काठमाडौंको यातायात प्रभावित भएको छ । 

भीभीआईपीको सवारीका लागि राजधानी काठमाडौंका मूख्य सडकहरु खाली गराइएका छन् । 

राजधानीको सोल्टीमोडमा आयोजित उद्घाटन सत्र पछि सम्मेलनमा सहभागी भएका पाहुनाहरु रात्रिभोजका लागि होटेल हायाततर्फ गइरहेका छन् । 

भीभीआईपीको सवारीका कारण राजधानी काठमाडौंको रत्नपार्क, सुन्धारा, नायाँ बानेश्वर, चाबहिल, गौशालालगायत क्षेत्रमा अन्य सवारी साधन चल्न नदिएर सडक खाली गराइएको छ । 

जसका कारण कार्यालय समय सकिएर घरतर्फ फर्किन लागेका सर्वसाधारणहरुले सास्ती खेप्नु परेको छ । 

राजधानीको सुन्धारामा गाडी नपाएर धेरै यात्रुहरु अलपत्र परेका छन् भने केही पैदल हिँडेर निवासतर्फ लागेका छन् । 

सार्वजनिक सवारी चल्न नदिँदा राजधानीको चाबहिलमा केही समय अलपत्र परेका यात्रुहरुले सरकारविरुद्ध नाराबाजी समेत गरेका थिए । 

साँझ पर्न थालेपछि धेरै यात्रुहरु भने सरकारलाई सराप्दै पैदल हिँडेर घरतर्फ लागेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्