०६ साउन २०८३, बुधबार

लगानी कोष कामु कार्यकारी निर्देशकमा अर्याल

लगानी कोष कामु कार्यकारी निर्देशकमा अर्याल

काठमाडौँ– नागरिक लगानी कोषको कायम मुकायम कार्यकारी निर्देशकको जिम्मेवारी सुशीलकुमार अर्याललाई दिइएको छ । 

कोष सञ्चालक समितिको बुधबारको बैठकले अर्याललाई उक्त जिम्मेवारी दिएको हो । नेपाल व्यवस्थापन सङ्घ (म्यान) को महासचिव भएर लामो समय काम गरिसक्नुभएका अर्याल यसअघि कोषकै मुख्य व्यवस्थापक पदमा कार्यरत थिए । 

कोषमा उनी अनुभवी व्यक्तित्वका रुपमा परिचित छन् । अर्यालले वाणिज्य शास्त्रमा स्नाकोत्तर तथा कानूनमा स्नातक तहसम्मकाे शैक्षिक याेग्यता हासिल गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्