काठमाडौं, १० फागुन– नेपाललाई कतारले दिएको ९ ओटा बुलेट पु्रफ मर्सिडिज गाडीमध्ये एक गृहमन्त्रीले प्रयोग गर्ने भएका छन् ।

उपहारस्वरुप दिएको ती माडीमध्ये परराष्ट्र मन्त्रालयले गृहमन्त्रालयमा गृहमन्त्रीले प्रयोग गर्ने गरी पठाइदिएपछि अबदेखि गृहमन्त्री विमलेन्द्र निधिले प्रयोग गर्ने मन्त्रालय स्रोतले बताएको छ ।
सुरुमा गृहमन्त्रीले प्रयोग गर्ने गाडी मन्त्रालय आफैंले खरिद गर्ने गथ्र्यो, तर तीन वर्षअघि भएकै गाडीलाई प्रयोग गर्ने नीति लिएपछि कतार सरकारले उपहार स्वरुप दिएको गाडीमध्ये एक परराष्ट्रले पठाइदिएको र सोही गाडी मन्त्रीले प्रयोग गर्ने तयारी गरिँदै छ ।
मन्त्रालय परिसरमा धूलो लागेको अवस्थामा रहेको उक्त गाडीलाई दीर्घकालीन प्रयोग गर्न मिल्ने गरी तयारी गर्न लागिएको मन्त्रालय स्रोतले जनाएको छ ।