२४ जेठ २०८३, आइतबार

द्वन्द्वकालमा बेपत्ता भएका १२ जना घर फर्किए

द्वन्द्वकालमा बेपत्ता भएका १२ जना घर फर्किए

काठमाडौँ– बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगले द्वन्द्वमा बेपत्ता भएका १२ व्यक्ति घर फर्किएका जनाएको छ ।

आयोगले विस्तृत अध्ययनका लागि उजुरी छानबिनका क्रममा घर फर्किएका पाएका १२ व्यक्तिमा नुवाकोटका लछुमनप्रसाद भट्ट, कञ्चनपुरका कृष्णप्रसाद दुलाल, महोत्तरीका गङ्गा मण्डल, वर्दियाका धनबहादुर खड्का, चितवनका गङ्गाधर तिमिल्सिना र ओखलढुङ्गाका गोपी भट्टराई छन् । 

त्यसैगरी, इलामका कुमार विश्वकर्मा, कञ्चनपुरका धनबहादुर दाहाल, झापाका सोमनाथ खनाल, नुवाकोटका सन्तकुमारी तामाङ, धनुषाका हरिदेव कुसियैत र कञ्चनपुरका देवेन्द्रसिंह कुँवर घर फर्किएका हुन् । 

आयोगका प्रवक्ता प्रा डा विष्णु पाठकले द्वन्द्वकालमा बेपत्ता भएका व्यक्तिको विस्तृत अध्ययनका लागि फारम भर्ने क्रममा १२ जना व्यक्ति घर फर्केको भेटिएको जानकारी दिए । उनले बेपत्ता व्यक्तिका पीडितले परिवारले राहतस्वरुप रु १० लाख लिइसकेको हुँदा त्यो पैसा फिर्ता गर्नुपर्छ कि भनेर फोन सम्पर्कसमेत गरिरहेका छन् । 

आयोगमा परेका तीन हजार १९७ उजुरी परेकामध्ये आयोगले विस्तृत अध्ययन गर्न तयार गरेको दुई हजार ५०० उजुरीमा ४३ जिल्लामा विस्तृत अध्ययन फारम भर्ने काम सम्पन्न भएको छ । उजुरीउपर छानबिनका लागि पीडित परिवारसँग भेट्ने क्रममा आयोगले ती व्यक्तिहरु घर फर्केको पाएको हो । 

salt training

कमेन्ट गर्नुहोस्