०३ असार २०८३, बुधबार

९० घण्टा २ मिनेट लामो भाषण गरेर केसीले रचे विश्व कीर्तिमान

९० घण्टा २ मिनेट लामो भाषण गरेर केसीले रचे विश्व कीर्तिमान

काठमाडौं–  नेपालका अनन्तराम केसीले सबैभन्दा लामो समय सम्म भाषण नयाँ विश्व कीर्तिमान रचेका छन् । 
विश्वले चिन्ने छ नेपालीलाई भन्ने नाराका साथ लगातार ९० घण्टा २ मिनेट सम्म बोल्दै केसीले विहिवार मध्य रात नयाँ विश्व कीर्तिमान कायम गरेका हुन् ।
 केसीको कीर्तिमान गिनिज वल्र्ड रेकर्डस्मा दर्ता भएको छ । यसअघि यो कीर्तिमान भारतका केपी भाल साराजानको नाममा थियो । उनले केही महिना अघि लगातार ८१ घण्टा १६ मिनेट प्रवचन दिएर विश्व कीर्तिमान राखेका थिए ।
 गिनिज वल्र्ड रेकर्डस्का प्रतिनिध स्वप्निल डाङगारिकार, प्रदेश सभासद् जीवन डंगोल लगायतले विहिवार नै केसीलाई विश्व कीर्तिमान कायम गरे बापत् गिनिज वल्र्ड रेकर्डस्को प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।
 राजधानीको गोकर्णेश्वर–५ स्थित इस्ट पोल स्कुलको हलमा सोमबार विहानदेखि शुरु भएको केसीको प्रवचन विहिवार मध्यरातमा सम्पन्न भएको अभियानका संयोजक न्यू माइन्ड्स एकेडेमीका अध्यक्ष कुमारराज सुवेदीले जानकारी दिए । 
 शिक्षण पेशा छोडेर केसी हाल अध्यात्मको खोज र अनुसन्धानबाट मनोशक्तिको अभ्यासमा सक्रिय छन् । 
 
 

salt training

कमेन्ट गर्नुहोस्