२६ जेठ २०८३, मंगलबार

बिमस्टेक समापन गर्दै ओलीले भने- पानी परेका कारण घुमाउन पाइएन !

बिमस्टेक समापन गर्दै ओलीले भने-  पानी परेका कारण घुमाउन पाइएन !

काठमाडौं-बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै सकिएको छ ।

दुई दिन चलेको सम्मेलनले १८ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ ।

समापन सत्रमा अध्यक्ष राष्ट्र नेपालका तर्फबाट प्रधानमन्त्री केपी ओलीले बिमस्टेक राष्ट्रका प्रमुख तथा प्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । उनले हिमालयको देशमा रिट्रीट तथा दृश्यावलोकनका लागि काठमाडौं बाहिर लान नसकेकोमा विशिष्ट अतिथीहरुसँग क्षमा मागेका थिए । वर्षाका कारण उक्त अवसर जुराउन नसकेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

यसअघि विदेशी पाहुनालाई रिट्रीटका लागि गोकर्ण रिसोर्ट लाने तयारी गरेको भएपनि चावहिल साँखु सडक कालोपत्रे नभएका कारण शुक्रबार पाहुन बसेको होटल सोल्टीमै रिट्रीटको आयोजना गरिएको थियो ।

प्रधानमन्त्री ओलीले आगामी दुई वर्षका लागि बिमस्टेकको अध्यक्षता श्रीलंकालाई हस्तान्तरण गरेका छन् । ओलीले निवर्तमान अध्यक्षका रुपमा सबै बिमस्टेक सदस्य राष्ट्रहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । ।

ट्रान्सपोर्ट कनेक्टिभिटी गुरुयोजना र आतंकवाद एवं अन्तरदेशीय अपराध नियन्त्रणबारे छलफलपछि काठमाडौं घोषणापत्र जारी गर्दै सम्मेलन सकिएको हो ।

बिमस्टेकको स्थापना सन् १९९७ जुन ६ मा थाइल्यान्डको बैंककमा भएको थियो । बङ्गलादेश, भारत, श्रीलङ्का र थाइल्यान्ड सदस्य रहने गरी क्षेत्रीय सञ्जाल गठन भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्