
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पूर्व प्रधानमन्त्री अटल विहारी बाजपेयीको सम्मानमा पुस्तक प्रकाशन गर्ने बताएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नेपाल भारत पशुपति धर्मशाला उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले पूर्व प्रधानमन्त्री बाजेपेयी विश्वव्यापी रूपमा परिचित बहुआयामिक व्यक्तित्वका धनी र नेपालका परममित्र अटलविहारी वाजपेयीजीको निधनप्रति समवेदना व्यक्त गरे ।
बाजपेयी राजनीतिक व्यक्तित्व मात्र नभइ पुनर्जागरण अभियानको पनि अग्रणी व्यक्तित्व र कवि, सशक्त लेखक थिए भन्दै उनको सम्मानमा वाजपेयीजीको ‘मेरी इक्यावन कविताएं’ नेपालीमा अनुवाद गर्न गइरहेको बताए ।
त्यसको अधिकतम वितरणको प्रयास नेपालले गर्ने ओलीले बताए ।