१४ असार २०८३, आइतबार

म्यानमाकी प्रथम महिलालाई राधिकाले पाटन दरबार घुमाइन्

म्यानमाकी प्रथम महिलालाई राधिकाले पाटन दरबार घुमाइन्

ललितपुर– म्यानमाकी प्रथम महिला चो चोले आज पाटन दरबार क्षेत्र भ्रमण गरेकी छिन् । 
 
बिहान ११ बजे पुगेकी उनी झण्डै एक घण्टा पाटन क्षेत्रमा रहेको बताइएको छ ।  चोको स्वागतका लागि प्रधानमन्त्रीपत्नी राधिका शाक्य, ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख गीता सत्याललगायत वडाध्यक्ष र स्थानीयवासीको सहभागिता थियो । 

चोले पाटन सङ्ग्रहालय रहेको केशवनारायण चोक, मूलचोक र सुन्दरी चोकको भ्रमण गरेको  पाटन स्मारक तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताए । 
उनले  सङ्ग्रहालयबाट हिरण्यवर्ण महाविहारसम्म पैदल गई त्यहाँका सांस्कृतिक र धार्मिक सम्पदाका बारेमा चासो राखेको  प्याकुरेलले बताए । 


 

salt training

कमेन्ट गर्नुहोस्