एजेन्सी: मानिसको मृत्युपछि मष्तिष्कलाई अनुसन्धानको लागि दान गर्न वैज्ञानिकहरुले अपिल गरेका छन्। वैज्ञानिकहरुले मानिसको मृत्युपछि उसको मष्तिष्कमा भएको खराबी, तनाव र विचलित पक्षलाई अध्ययनको लागि अपिल गरेका हुन्।
यसबाट वैज्ञानिकले मानीय संवेदनालाई नजिकबाट शोधपत्रमार्फत आंकलन गर्न सक्ने र मानिसको दिमागलाई उपचार गर्न सक्ने आइइडिया निकालिने बताए। मानिस प्राय पोस्ट ट्रोम्याटिक स्ट्रेस डिजास्टर हुने भएकाले उक्त कार्यमा राहत मिल्ने उनीहरुको तर्क छ।
वैज्ञानिकहरुले भनेका छन्,' मानिसको मष्तिष्कमा के चलिरहेको छ भन्ने बारेमा सोच्न र थाहा पाउन दिमागको अध्ययन जरुरी छ। यसकारण हामीले मृत्युपछि इच्छाले अध्ययनका लfगि दान मागेका हौ। किनकी यसको संरचना परिवर्तन पनि हुन सक्छ।हामी यसमा खोज गर्नेछौ।'
यस्तै उनीहरुले भनेका छन्, 'मानिसको मष्तिष्क एउटा वृहत्तर अनि सुन्दर तर जटिल संरचना हो। यसमा त्यस्तै विकास र परिवर्तन हुन्छ जस्तो मानिसमा विकास र परिवर्तन हुन्छ।' मानिसको शरीरको अंगहरु हाम्रो व्यवहार तथा सोच अनुरुप उपस्थिति कायम हुन्छ।