३० जेठ २०८३, शनिबार

एकैदिन चारजनाद्वारा आत्महत्या

भदौ १५, २०७५
एकैदिन चारजनाद्वारा आत्महत्या

विराटनगर-प्रदेश नं १ को सुनसरी, उदयपुर र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा एकै दिन चारजनाले आत्महत्या गरेका छन् । 

आत्महत्या गर्नेमा उदयपुर त्रिजुगा नगरपालिका–१ कङखोलाका ६१ वर्षीय लीलबहादुर विश्वकर्मा, ताप्लेजुङ फुङलिङ नगरपालिका–३ का २० वर्षीय सन्तोष पालुङवा, सुनसरी इटहरी उपमहानगरपलिका–८ भुर्कीका दिलीप सरदारको श्रीमती अन्दाजी ३२ वर्षीया आशा सरदार र सुनसरीकै धरान उपमहानगरपालिका–१३ सूर्यमार्गका २२ वर्षीय अभय राई रहेको प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

भदौ १४ आ–आफ्नै घरमा झुण्डी मृतावस्थामा उनीहरु फेला परेका थिए । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरी स्वास्थ्य परीक्षणपछि शवलाई सम्बन्धीत परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्