
काठमाडौं– स्वदेश फर्कनुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथको दर्शन गरेका छन् । पशुपतिस्थित धर्मशालाको उद्घाटनपछि मोदी पशुपतिको दर्शन गर्न पुगेका थिए । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभीष कुमारले स्वदेश फर्किनुअघि मोदीले पशुपतिको दर्शन गरेको सामाजिक सञ्जाल ट्वीटरमार्फट जानकारी दिएका छन् ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन मोदी नेपाल आएका हुन् । उनी आजै साँझ स्वदेश फर्किएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले भारतीय प्रधानमन्त्री मोदीलाई बिदाइ गरेका थिए ।

