२२ जेठ २०८३, शुक्रबार

काठमाडौंमा जमिन फाटेर ४ घर भत्किए, १४ घर धरापमा

भदौ १६, २०७५
काठमाडौंमा जमिन फाटेर ४ घर भत्किए, १४ घर धरापमा

काठमाडौं - बूढानीलकण्ठ नगरपालिका बिष्णुमती टुसालमा शुक्रबार जमिन फाटेर चार घर भत्किएकाे खबर अाजकाे कान्तिपुर दैनिकमा छापिएकाे छ  । 

 समाचार अनुसार, थप १४ घरसमेत धरापमा परेका छन् । १४ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । घर भत्किएका र विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । 

जमिन चिरा परेर फाटेपछि चित्रबहादुर बस्नेत, राधिका धिताल, बीरबहादुर तामाङ र सुशीला बस्नेतको घर भत्किएको हो । 

चिरा परेको ठाउँमा पहिले डाँडो थियो । खारेर प्लटिङ गरेको हुनाले जमिन चिरा परी फाटेको हुन सक्ने भूगर्भविदले अनुमान गरेका छन् ।  

salt training

कमेन्ट गर्नुहोस्