२२ जेठ २०८३, शुक्रबार

नेपाल आएका राहुल ल्हासा तर्फ

नेपाल आएका राहुल ल्हासा तर्फ
फाइल तस्वीर

काठमाडौं– शुक्रबार नेपाल आएका भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी शनिबार तिब्बतको ल्हासा जाँदैछन् । शुक्रबार दिउँसो काठमाडौं आइपुगेका गान्धी ल्हासा जान लागेका हुन् । 

उनी बिहान साढे ११ बजे एयर चाइनाको विमानबाट ल्हासा जान लागेको बताइएको छ । यसअघि उनी आज नेपालगञ्ज जाने बताइएको थियो । गान्धी निजी भ्रमणका लागि नेपाल आएका हुन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमा रहेकै बेला विपक्षी दलका नेतासमेत रहेका गान्धी नेपाल आइपुगेका थिए । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) चौथो सम्मेलन सहभागी हुन आएका मोदी शुक्रबार स्वदेश फर्किएका छन् । मोदी नेपालमै रहेका बेला राहुल गान्धीको नेपाल यात्राले भारतीय राजनीतिमा चर्चा पाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्