१० साउन २०८३, आइतबार

दबंग हिरोइन सोनाक्षी किन भइन् फ्लप ?

दबंग हिरोइन सोनाक्षी किन भइन् फ्लप ?

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको फिल्म ‘हेप्पी फिर भाग जायगी’ फ्लप भएको छ ।

यो फिल्म रिलिज भएको दुई हप्ता हुन लाग्दापनि दिनसम्म पनि लगानी उठाउन सकेको छैन । भारतीय बक्स अफिसको रिपोर्ट अनुसार सोनाक्षीको फिल्मले एक करोड ५० लाख भारतीय रुपैयाँ मात्र संकलन गरेको छ ।

फिल्मले अहिलेसम्म जम्मा १६ करोड आम्दानी गरेको छ । यस किसिमको कमाइले सोनाक्षीको करियरमा ठूलो धक्का पुग्ने भारतीय मिडियाले जनाएका छन् ।

यो फिल्म सन् २०१६ मा आएको फिलम ‘हेप्पी भाग जायगी’ को सिक्वेल हो ।

सोनाक्षीले यस फिल्ममा प्रमोशन निकै खटिएकी थिइन् । तर फिल्म नराम्रोसँग पछारिएपछि सोनाक्षी निराश भएको मिडियाले उल्लेख गरेका छन् । सोनाक्षीका साथमा डायना पेन्टी, जिमी शेरगिल, जस्सी गिललगायत कलाकारले अभिनय गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्