
विमानका एक यात्रुलजे अर्का यात्रुको सिटमा पिसाव गरिदिएको घटना सार्वजनिक भएको छ । एयरइन्डियाको विमानमा एक जना पुरुषले महिलाको सीटमा पिसाव गरिदिएको समाचार भारतीय सञ्चारमाध्यमहरुमा चर्चामा रहेको छ ।
इन्द्राणी घोष नाम गरेकी महिलाले आरोप लगाएकी छिन् कि ३० अगस्टमा न्यूयोर्कबाट दिल्लीतर्फ आइरहेको एयर इन्डियाको फ्लाइटमा नशामा रहेका एक व्यक्तिले उनकी आमाको अगाडि पाइन्ट उतारेर सीटमा पिसाव गरिदिएका थिए ।
एयरइन्डिायाको ट्वीटरमा भनिएको छ कि उसले सबै सम्बन्धित विभागमा घटनाको जानकारी पठाएको छ र क्याविन क्रुसँग रिपोर्ट माग गरिएको छ ।
महिलाले यो घटनाको जानकारी ट्वीटरमा नागरिक उड्डयन मन्त्री सुरेश प्रभु र एयर इन्डियालाई दिएकी छिन् । घटना रातिको समयमा भएको थियो ।
उनका अनुसार उनकी आमा एक्लै यात्रा गरिरहेकी थिइन् ।
न्यूयोर्कमा बस्ने ती महिला पेशाले योगा प्रशिक्षक तथा वकिल हुन् । उनका अनुसार यो घटनाले आमालाई निकै दुखित् बनाएको छ ।
घटनापछि आरोपी व्यक्तिलाई आरामसँग विमानस्थलबाट निस्कन दिइएको थियो र उसमाथि कुनै कारवाही भएको थिएन् । आमालाई अर्को सीटमा बस्ने व्यवस्था बाहेक विमानका कर्मचारीले केही नगरेको भन्दै उनले आपत्ति जनाएकी हुन् ।
आफूले घटनाबारे विमान कम्पनीसँग कुरा गर्दै कुनै वास्ता नगरेको आरोप लगाएकी छिन् ।