२७ असार २०८३, शनिबार

राहुल गान्धी धार्मिक यात्रामा

राहुल गान्धी धार्मिक यात्रामा

काठमाडौँ- भारतीय काङ्ग्रेस आईका अध्यक्ष राहुल गान्धी आज यहाँबाट ल्हासातर्फ प्रस्थान गरेका छन् । 

धार्मिक यात्राका लागि मानसरोवर जाने क्रममा शुक्रबार काठमाडाँै आएका अध्यक्ष गान्धी एयर चाइनाको उडानबाट आज दिउँसो ल्हासा प्रस्थान गरेको सुरक्षा स्रोतबाट थाहा भएको छ । 

काठमाडाैंमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि वङ्गाल खाडीको प्रयास(बिम्स्टेक)को शिखर सम्मेलन चलिरहेको बेला गान्धी काठमाडाैंमा अाइपुगेका थिए। 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतका प्रमुख प्रतिपक्षी दलका अध्यक्ष गान्धी काठमाडाैंमा एकै समय रहनुलाई एउटा संयोगकै रुपमा हेरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्